GB Koirala Banner Ad New

वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

काठमाडौं । वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो ।

गएको १६ गते देहरादुनबाट काठमाडौं आउनु भएका उहाँलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिए पनि कोरोना भाइरसबाट पनि संक्रमित भएपछि एक हप्तादेखि उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विसं १९९५ साल कात्तिक २२ गते जन्मिनुभएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भनेसहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीत लोकप्रिय छन् ।

गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानलगायतका गायक गायिकाले गाएका उहाँको गीत निकै चर्चित रहेका छन् ।

विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गर्नु भएका उहाँका श्रीमती र दुई छोरा छन् ।