GB Koirala Banner Ad New

बालकृष्ण र गीताको आवाजमा ‘चञ्चले मन’ रिलिज

काठमाडौं । गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘चञ्चले मन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भ्वाइस अफ नेपाललबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा र गायक बालकृष्णको स्वर रहेको छ ।

गीतको भिडियोलाई काठमाडौं उपत्यका आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको छ । भिडियोमा पुष्कर दाहाल र पुजन घिमिरेको अभिनय रहेको छ ।

फिल्मी शैलीमा तयार पारिएको प्रेम रोमान्सले भरिएको गीतको भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् । जहाँ सुन्दरी पुजनसँग पुष्करको गज्जबको लुकामारीलाई रोमान्टिक शैलीमा देखाइएको छ ।

प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् । विष्णु अधिकारीको एरेन्ज रहेको गीतको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन र कलरिगं दुवै अमृत चापागाईले गरेका हुन् ।

बिके कृयशनबाट बजारमा आएको गीतको भिडियोको निर्माण दूर्गा धिमाल न्यौपानेले गरेकी हुन् । गायक तथा गीतकार न्यौपानेका यसअघि ‘सोल्टिनी’ ‘बाहार बनी तिमी आयौ’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।