GB Koirala Banner Ad New

सुगम पोखरेलको नयाँ गीत रिलिज

काठमाडौं । सुरज शाहको निर्देशनमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘कसरी भनूँ तिमीलाई’ बोलको यस गीतमा शब्द–संगीत रिकेश गुरुङको रहेको छ । गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन् ।

सदिक्षा र अनुराजले अभिनय गरेको भिडियोको सम्पादन पनि सुरजले नै गरेका हुन् । यो मेलोडियस गीतको भिडिओमा गायक सुगम पोखरेल र भिडिओ निर्देशक सुरज पनि देखिन्छन् ।

दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका सुरज उदेश श्रेष्ठको ‘किन मायामा’, रीजा उप्रेतीको ‘अँगालोमा बाँध न’, सिजन्स ब्यान्डको ‘सुनेको कुरा’ जस्ता गीत चर्चित छन् ।

करिब आठ वर्षदेखि अमेरिका बस्दै आएका सुरजले बिस्तारै पुनः म्युजिक भिडियो निर्देशनमा सक्रियता बढाउने जानकारी दिए ।