GB Koirala Banner Ad New

‘मिस नेपाल युएस’का १० प्रतियोगी न्युयोर्कमा

अमेरिका । ‘मिस नेपाल अमेरिका–२०२१ ’का १० प्रतियोगी अमेरिकाको न्युयोर्क आइपुगेका छन् । आगामी सेप्टेम्बर २५ का दिन आयोजना हुने ‘मिस नेपाल युएस २०२१’ मा सहभागी हुन १० प्रतियोगी न्युयोर्क आएका हुन् ।

प्रतियोगितामा शीर्ष १० का लागि छनौटमा पुगेका प्रतियोगीहरु बुधबार अमेरिकाका विभिन्न राज्यहरूबाट आएका हुन् । कार्यक्रम न्यूयोर्कको क्विन्स थिएटर (नाट्य कला) मा आयोजना गरिनेछ । उनीहरुको कोभिड–१९ को परीक्षण गरिएको छ ।

उनीहरुको तालिम भोलि सेप्टेम्बर २३ का दिनदेखि सुरु हुने प्रतियोगिताका फोटोग्राफर राजीब श्रेष्ठले रातोपाटीलाई बताए । ‘मिस नेपाल अमेरिका’ को यो १० औं संस्करण हो । ‘पूर्व मिस नेपाल’ माल्भिका सुब्बा प्रतिस्पर्धाको मुख्य प्रशिक्षक हुन् ।

मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी ९मिस नेपाल युएस० को ताज पहिरिएकी थिइन् ।