GB Koirala Banner Ad New

अब नेपाली बजारमा होण्डा सीबी ३५० आरएस भित्राए

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको सीबी ३५० आरएस नेपाली बजारमा भित्राएको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ ।

आकर्षक मोडलको यो मोटरसाइकलमा एडभान्स डिजिटल एनालगमिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।

स्थानी बजारमा यो बाईकको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । अत्याधुनिक विशेषता र आकर्षक मोडलको यो बाइक युवापुस्तामाझ छिट्टै नै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।