GB Koirala Banner Ad New

सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क दन्त परीक्षण शिविर कार्यक्रम 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक ८ गतेका दिन बालुवाटार स्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताब्यापी बार्षिक उत्सव कार्यक्रमको शुरुवात गरेको बैंकले जानकारी गराएको छ ।

उक्त कार्यक्रममा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराई लाभांन्वित भएका थिए । डेन्ट इन क्लिनिकको सहयोगमा सम्पन्न निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भयो ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।