GB Koirala Banner Ad New

युनाईटेड फाईनान्सको २४ औं शाखा धनगढीमा

काठमाडौं । युनाईटेड फाईनान्सले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाईनान्सले बिहीबारदेखि कैलाली जिल्लाको धनगढी चौराहामा आफ्नो २४ औं शाखा सञ्चालनमा ल्याएको हो ।

बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष  पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गरेका थिए ।

सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ ।

युनाईटेड फाईनान्सले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै यस फाईनान्समा भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको समेत लगानी रहेको छ ।