GB Koirala Banner Ad New

नबिल बैंकले एक्वायर गर्ने भएपछि युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का

काठमाडौं । युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले एक्वायर गर्ने भएपछि आइतबार वैशाख १९ गतेदेखि युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का गरिएको हो ।

यी दुई संस्थाबीच एक्विजिसन सम्बन्धी सहमतिपत्रमा शुक्रबार हस्ताक्षर भएको थियो । यी दुवै संस्थामा चौधरी समूहको लगानी रहेको छ। नबिल र युनाइटेड फाइनान्सबीच १ः०.३५ सेयर स्वाप अनुपातमा एक्वायर गर्ने सहमति भएको बताइएको छ ।

अर्थात् प्रारम्भिक सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंकको नाममा ३५ कित्ता सेयर पाउने छन् । नबिल र युनाइटेड दुवै विदेशी साझेदारीमा सञ्चालित वित्तीय संस्था हुन् । युनाइटेडमा भारतको मुत्थूट फाइनान्सको पनि लगानी छ। ।