९ कार्तिक २०७८, मंगलवार

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकै दिन विशेष सभा, एक्विजिसन प्रस्ताव पारित गर्ने

डिप्लोम्याट खबर
१३ जेष्ठ २०७८, बिहीबार ०८:३२

काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले एकै दिन विशेष साधारण सभा बोलाएका छन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने विशेष प्रस्ताव पारित गर्न दुवैले जेठ २८ गते विशेष साधारण सभा बोलाएका हुन् ।

साथै, सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियोलाई पारित गरी एक्विजिसन सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ ।

यस आधारमा, हाल लिलितपुर फाइनान्सको १ कित्ता सेयर हुने लगानीकर्ताले एक्विजिसनपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउने छन् । सभाले एक्विजिसन सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ ।

एक्वायरपछि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । नेपाल फाइनान्सको विशेष सभा संस्थाको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंंमा भर्चुअल माध्यमबाट बस्नेछ । सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेठ १९ गते बुक क्लोज गर्ने भएको छ । यस्तै, ललितपुर फाइनान्सले विशेष सभा पनि केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

भर्चुअल माध्यमबाट सभामा उपस्थित हुन सकिनेछ । एक्विजिसन प्रक्रियामा रहेकाले ललितपुरको सेयर कारोबार रोक्का नै रहेको छ । यी दुवै संस्थाले गत पुस २३ गते एक्विजिसन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया : थप