९ कार्तिक २०७८, मंगलवार

ब्याज आम्दानी घट्दा पनि गुडविल फाइनान्सको नाफा ६९.८५% ले बढ्यो 

डिप्लोम्याट खबर
६ भाद्र २०७८, आईतवार ११:४९

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा गुडविल फाइनान्सको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा भने बढेको छ ।

यसअवधिमा फाइनान्सको गैर सञ्चालन नाफामा आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । अघिल्लो वर्ष १९ लाख ५१ हजार रुपैयाँ रहेको गैर सञ्चालन आम्दानी असार मसान्तसम्म १९ करोड ४० लाख २९ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा कम्पनीको खुद नाफा ६९।८५५ ले बढेर १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

वितरणयोग्य नाफा ५१४९% ले बढेर बढेर ७ करोड ३६ लाख ३ हजार रुपैयाँ पुगेको छ । यसको खुद ब्याज आम्दानी २.०९% ले घटेर २६ करोड ५५ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि ५५.४९% ले घटेको छ ।  प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ५२ पैसा छ ।

गुडविल फाइनान्सको चौथो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

प्रतिक्रिया : थप