GB Koirala Banner Ad New

युनाइटेड इदी मर्दी हाइड्रोपावरले ४ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाए

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा युनाइटेड इदी मर्दी हाइड्रोपावरले ४ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यस हाइड्रोपावर ४ करोड १४ लाख ९ हजार रुपैयाँ नोक्सानमा थियो । यसअवधिमा विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी बढेकाले खुद नाफा बढेको हो ।

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २७.५२% ले बढेर १३ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट १० करोड ५४ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यता, अन्य स्रोतबाट हुने आम्दानी पनि १२५२.६२% ले बढेर ३ करोड ६१ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले अन्य स्रोतबाट २६ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४२ करोड रुपैयाँ र जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ छ । यसअवधिसम्म आइपुग्दा युनाइटेड इदी मर्दीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा छ ।