GB Koirala Banner Ad New

गोदरेज मोडुलर किचनको नयाँ शाखा टेकुमा पनि

काठमाडौँ । गोदरेज मोडुलर किचनको नयाँ शाखा टेकुमा खोलिएको छ ।  एक कार्यक्रमका बिच अभिनेत्री ऋचा शर्माले उद्घाटन गरेकी हुन् ।

काठमाडौँ लगायत भैरहवा, बारा, रुपन्देही, पोखरा र गैँडाकोटमा गरी कुल ८ वटा शाखा बिस्तार गरिसकेको गोदरेजको नेपाल तर्फ एकल आधिकारिक वितरक एसपी इन्टेरियो सोलुसन प्रा.लि.ले आफ्नो डिलरसिप र च्यानल पार्टनरसिप नेप्का इन्टेरियोलाई प्रदान गरेको छ ।

स्टिल बेस्ड सामग्रीहरू रहने भएकोले सड्ने वा बिग्रिने डर नहुने र एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने भएकाले अरू इन्टेरियर कम्पनीभन्दा आफूहरू फरक भएको प्रबन्ध निर्देशक प्रकाश खड्काले बताए ।

कम्पनीका सामग्रीमा १५ वर्षको पूर्ण वारेन्टी रहेको र सामग्री पनि एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने उनको भनाई छ ।

किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरूमा छनौट गर्न सकिने तथा निःशुल्क मर्मत सुविधा दिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेन भन्दा मूल्यको हिसाबले धेरै सस्तो पर्ने कम्पनीको भनाई छ ।

यसैगरी, यो किचन किरा, साङ्ला, धमिराबाट पूर्णरुपमा सुरक्षित हुनुका साथै मर्मत तथा सम्भार गर्न सजिलो रहेको र किचनमा खाना पकाउँदा प्रयोग हुने तेल, पानी, आगोको जोखिमबाट मुक्त रहेको कम्पनीले जनाएको छ ।