GB Koirala Banner Ad New

नेपाल ल्यूव आयलको असोज १८ गते वार्षिक साधारण सभा, ३५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल ल्यूव आयलले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालन नियुक्ती गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।

सभा नेपाल ल्यूवको कार्यालय झम्सिखेल ललितपुरबाट जुम एपमार्फत भर्चुअल माध्यमबाट हुने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।