GB Koirala Banner Ad New

सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एफ–२२’ सार्वजनिक

काठमाडौं । सामसङले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एफ–२२’ को सार्वजनिक गरेको छ। कम्पनीले मंगलबारदेखि नेपाली बजारमा यो स्मार्टफोनको बिक्री सुरु गरेको हो ।

‘ह्यासट्याग फुलअनफुल’ नाराका साथ ल्याइएको ‘ग्यालेक्सी एफ–२२’मा थुप्रै नयाँ फिचरहरु छन्, । यो अहिलेका टेक युवापुस्ताका लागि निकै उपयूक्त हुने सामसङले जनाएको छ ।

६.४ इन्चको एचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको यो नयाँ स्मार्टफोनमा ९० हर्जको रिफ्रेस रेट छ । यो फोनले प्रयोगकर्तालाई स्मुथ स्क्रोलिङ अुनभव दिनेछ । यसमा भएको हाई ब्राइटनेस मोड फिचरले चर्को घाममा पनि स्क्रिन सजिलै हेर्न मिल्छ ।

साथै डोल्बी एटोम फिचरले फोनमा उत्कृष्ट अडियो र सिनेम्याटिक भियुङ अनुभव दिने कम्पनीको दाबी छ ।

‘ग्यालेक्सी एफ–२२’मा ६ हजार एमएएचको ब्याट्री पावर र २५ वाटको चार्जिङ क्षमता छ । यो ब्याट्री पावरबाट प्रयोगकर्ताले १३० घण्टासम्म गीत सुन्न, ४० घण्टासम्म फोनमा बोल्न, २५ घण्टासम्म भिडियो हेर्न सक्छन् ।

यो फोनमा चारवटा क्यामरा छ। जसमा मुख्य क्यामरा ४८ मेगापिक्सलको छ भने ८ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ क्यामरा छ । यसको अगाडपट्टि भने १३ मेगापिक्सलको सेल्फी क्यामरा छ ।

क्यामराको अनुभव अझ राम्रो बनाउन सामसङले ‘ग्यालेक्सी एफ–२२’मा हाइपर ल्याप्स, स्लो मोसन, फुड मोड, प्रो मोड र एआर जोन जस्ता फिचरपनि समावेश गरेको छ ।

मिडियाटेक हेलियो जी–८० प्रोसेसरले बनेको यो नयाँ स्मार्टफोन चार जिबी ¥याममा ६४ जिबी आन्तरिक स्टोरेज र ६ जिबी ¥याममा १२८ आन्तरिक स्टोरेज विकल्पको साथ उपलब्ध छ ।

नेपाली बजारमा चार जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको ‘ग्यालेक्सी एफ–२२’को मूल्य बीस हजार चार सय ९९ छ । यसैगरी ६ जिबी ¥याममा १२८ आन्तरिक स्टोरेज मोडलको मूल्य २३ हजार नौ सय ९९ तोकिएको छ । ‘ग्यालेक्सी एफ–२२’ डेनिम ब्लु, डेनिम ब्ल्याक र डेनिम ह्वाइट रङमा उपलब्ध छ ।