GB Koirala Banner Ad New

हिमालयन जनरल इन्स्योरेन्सको नाफा घटे

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन जनरल इन्स्योरेन्सको नाफा घटेको छ । यसअवधिमा खुद नाफा १०.३५ प्रतिशतले घटेर १५ करोड ५५ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  बिमा कोषको आकार १३.८ ४प्रतिशत ले बढेर ६३ करोड ९७ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसको बिमा कोषमा ५६ करोड १९ लाख ३४ हजार रुपैयाँ रहेको थियो । यता, खुद बिमा शुल्क भने ३.९६ प्रतिशतले घटेर २५ करोड ९ लाख २० हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले घटेर १४ रुपैयाँ १४ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा छ ।

हिमालयन जनरल इन्सुरेन्सको चौथो त्रैमासको वित्तीय विवरण ।