GB Koirala Banner Ad New

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रेञ्च राष्ट्रपति म्याक्रोंबीच भेटवार्ता हुने

एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त क्षेत्रमा नयाँ सुरक्षा रणनीति लागू गर्ने सहमति भएपछि चिढिएको फ्रान्सलाई मनाउने कोशिसमा अमेरिका लागेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रेञ्च राष्ट्रपति इमानुएल म्याक्रोँले संयुक्त वक्तब्य जारी गर्दै गठबन्धन देशहरुबीच खुला छलफल गरी विवाद हल गर्ने बताएका छन् ।

अकस नाम दिईएको सुरक्षा सम्झौताका कारण अष्ट्रेलियाले फ्रान्ससंग ३७ अर्ब डलरको पनडुब्बी खरिदको सहमति तोडेपछि फ्रान्स चिढिएको हो । बाइडेन र म्याक्रोंबीच यही सेप्टेम्बरको अन्तमा युरोपमा भेटवार्ता गर्ने सहमति पनि भएको छ । अब वासिङ्गटमा रहेका फ्रेञ्च राजदूत काममा फर्कने बताइएको छ ।

तर क्यानबेराबाट फिर्ता गरिएका फ्रेञ्च राजदूत के गर्छन भन्ने विषय भने खुलेको छैन । राष्ट्रपति बाइडेनले एशिया प्रशान्त सुरक्षा रणनीतिमा फ्रान्स र युरोपको सहभागिताको महत्वबारे आश्वस्त पारेपछि फ्रान्स वार्ताका लागि तयार भएको हो ।