९ कार्तिक २०७८, मंगलवार

उपाधि पाएका ९५ प्रतिशत जनशक्ति प्रतिष्ठित संस्थामा कार्यरत छन्

डिप्लोम्याट खबर
५ चैत्र २०७७, बिहीबार ०८:५६

नेपालको पर्यटन तथा होटल व्यवस्थापन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनको मुख्य केन्द्रको रूपमा सरकारी स्वामित्वको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत तथा देशको आर्थिक गतिविधिमा टेवा पु¥याउने क्षेत्र हो । सोही पर्यटन क्षेत्रलाई चलायमान बनाउने र दक्ष जनशक्ति उत्पादनको कार्यकारी निर्देशको जिम्मेवारी दीपक थापाले सम्हालिरहेका छन् । तालिम तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको नाथमलाई ५ तारे होटल सरहको अवस्थामा पु(याउन प्रतिष्ठित संस्थाको पहिचान दिलाउन निर्देशक थापा तल्लीन छन् । थापा हालसम्मकै कम उमेरमा प्रतिष्ठानको नेतृत्वमा पुगेका छन् ।
२०६७ सालमा प्रशासनिक अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थापा २०७४ मा खुल्लाबाट उप–सचिवमा नाम निकाल्दै विभिन्न निकायको जिम्मेवारी पूरा गरी १ वर्षअघि प्रतिष्ठानको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । जनप्रशासन र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थापासँग नीतिगत तहदेखि कार्य सम्पादनको गहिरो ज्ञान छ । दैलेख स्थायीबासी थापा उपसचिव भइसकेपछि सम्पति शुद्धीकरण विभाग र पर्यटन मन्त्रालय हुँदै प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारीमा पुगेका हुन् ।
कोभिड–१९को समयलाई उपयोग गर्दै प्रतिष्ठानको प्रवेशद्वारदेखि नाथम टावरसम्म स्थापना गरेर थापाले हालसम्मै युवा नेतृत्वको आधुनिक स्वरूपमा प्रतिष्ठानलाई रूपान्तरण गरेका छन् । मन्त्रालयको निर्देशन, सहकर्मीको साथ, अग्रज र सरोकारवालाको सुझावलााई आत्मसाथ गर्दै पुरातात्विक महत्व बोकेको प्रतिष्ठानलाई अब्बल संस्थामा परिणत गर्दै स्थानीय तहसम्म सीप प्रदान गर्ने संस्थाको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ । उनै कार्यकारी निर्देशक थापासँग कोभिड–१९ पछिको प्रतिष्ठानको अवस्था, पर्यटन क्षेत्रमा प्रदान गरिरहेको तालिम, उद्यमशिलता विकासका काम हाल प्रतिष्ठान सुधारका लागि भएका प्रशासनिकदेखि पूर्वाधार निर्माणको विषयमा केन्द्रित रही  कुराकानीको सार :

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको एक वर्ष पूरा भएको छ रु यो एक वर्षको कार्यसम्पादनलाई कसरी लिनुभएको छ ?
मैले २०७६ फागुन २८ गते यहाँ कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेको हुँ । गत चैत ११ गतेदेखि कोभिड–१९ का कारण लामो समय बन्द भयो, तर हामीले संस्था बन्द गरेनौं । हामी सबै सहकर्मीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी कार्यालय सञ्चालन ग¥यौं । यही बीचमा हामी सबै सहकर्मी जुटेर यहाँको भौतिक संरचना निर्माण गर्ने, भएका संरचनाको स्तरोन्नति, सौन्दर्यकरण गर्ने योजना सहित अगाडि बढ्यांै । हस्पिटालिटी कलेजलाई पाँचतारे होटलसरहको अवस्थामा पु¥याउनुपर्छ भनेर लागिपरेका छौं । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पूर्वाधारसँगसँगै सफ्टवेयरको पार्टमा संकायको थप, विद्यार्थीको क्वालिटी अभिवृद्धि हुने विषयमा पनि योजना बनाएर नै काम गरिरहेका छौं ।

यो बीचमा यो संस्थालाई सतहदेखि नै कसरी सुधार गरी गुणस्तरीय तालिम, शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिन्छ भनेर सहकर्मीहरूबाट आएको सुझावलाई ग्रहण गर्दै समयअनुसार परिमार्जन गर्दै गएका छौं । योजना बनाउँदै कार्यान्वयन गर्दै लगेका छौं । गेटदेखि कक्षाकोठासम्म र आन्तरिक तथा बाह्य नै सुधार गर्दै लगेका छौं । साथै भौतिक पूर्वाधार, आन्तरिक सजावट, स्तरोन्नतिलगायत विभिन्न सुधारका काम यो अवधिमा भएका छन् । प्रतिष्ठानलाई मितव्ययी बनाएर सुशासन अभिवृद्धि गरेका छौं । विद्युतीय हाजिरीदेखि प्रतिष्ठानलाई डिजिटाइजेसनमा रूपान्तरण गर्दै लगेका छौं ।

प्रतिष्ठानले कुन–कुन क्षेत्रमा कार्य गर्दै आएको छ ?
नेपाल पर्यटन तथा होटल व्यवस्थापन स्थापनाको ४९ वर्ष अगाडि २०२९ सालमा भएको थियो । तत्कालीन नेपाल सरकारले नेपालको पर्यटन क्षेत्रका लागि पर्ने दक्ष सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम केन्द्रका रूपमा यो संस्थाको स्थापना गरिएको थियो । तत्कालीन अवस्थामा होटल म्यानेजमेन्ट तथा टुरिजम ट्रेनिङ सेन्टर (एचअमटीटीसी) को नाममा यो संस्था स्थापना भएको हो ।

स्थापनाकालदेखि नै यो संस्थाले होटल, ट्राभल, ट्रेकिङ क्षेत्रका विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आयो । नेपालको पर्यटन बजारले विस्तारै गति दिन थालेपछि छोटो समयको तालिमले मात्र नेपालको बढ्दो क्रममा रहेको पर्यटन बजारलाई दक्ष जनशक्ति विकास गर्न प्रदान नसक्ने ठहर गरी पाठ्यक्रम अनुसार नै त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सन् १९९९ देखि ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम), २००३ देखि बीटीएम र सन् २०११ मास्टर्स इन हस्पिटालिटी म्यानेजमेन्ट सुरु भयो ।

स्थापनाकालदेखि हालसम्म करिब ५४ हजार जनशक्ति उत्पादन भएका छन् । केही वर्षअगाडि प्रतिष्ठानले गरेको अनुसन्धानको नतिजा अनुसार यहाँबाट उत्पादित ९५ प्रतिशत जनशक्तिले प्रतिष्ठित रोजगारी पाएको जनाएको छ । नेपाललगायतका विश्वका विभिन्न देशमा सहायकस्तरको व्यवस्थापन पदमा रहेर काम गरिरहेका छन् ।

टीयूसँगको सहकार्यमा शैक्षिक सत्र चलाएको करिब–करिब २१ वर्ष पूरा हुने क्रममा छ । एकेडेमिक डिग्री मात्र (ब्याचलर र मास्टर्स) २४ सयभन्दा बढी जनशक्ति उत्पादन भएका छन् । सन् १९९९ मा ब्याचलर सुरु भएपछि नै तत्कालीन अवस्थामा नै एचएमटीटीबाट न्याथमको नाममा परिवर्तन भयो । नेपालको हस्पिटालिटी क्षेत्रमा न्याथमको छुट्टै पहिचान बनाउन सफल भएको छ । पूर्णरूपमा सरकारी स्वामित्वको यो संस्था २९ रोपनी क्षेत्रफलमा फैलिएको छ । संस्थाले अध्ययन अनुसन्धान तथा खोज गर्दै आएको छ ।
संस्थाले सीपमूलक तालिम, शैक्षिक कार्यक्रम चलाउने, पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने खोज अनुसन्धान र परामर्शका काम गर्दै आएको छ ।

कोभिडको समयलाई कसरी उपयोग गर्नुभयो रु योबीचको समयलाई उपयोग गर्दै भौतिक पूर्वाधार निर्माणमा जोड दिएको हो रु
प्रतिष्ठानलाई सौन्दर्यकरण गर्नुपर्छ भनेर हामीले भएका बगैंचालाई व्यवस्थित गर्ने, आकर्षक झरना, आन्तरिक तथा बाह्य सजावट तथा सौन्दर्यीकरण गरौं ।

पूर्वाधार निर्माणतर्फ अपाङ्गमैत्री (याम, शौचालय प्याराफिट, कक्षाकोठा स्तरोन्नति, आईटी ल्याब निर्माण, पुरातत्व विभागको सहयोगमा प्रशासनिक भवनको मर्मतसम्मका काम सम्पन्न भए । प्रतिष्ठानको तथ्य–तथ्याङ्कलाई संग्रहित गर्न डिजिटलाइजेसनमा परिणत गरिएको छ । विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीसहितको नाथम उपचार कक्ष स्थापना गरिएको छ ।

भेन्डिङ मेसिनसहितका स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । विद्यार्थीको अतिरिक्त क्रियाकलापका लागि प्रतिष्ठित व्यक्तिहरूबाट उत्प्रेरणा जगाउने कार्य गर्दै आएका छौं ।

कोभिड–१९ पछि पर्यटन क्षेत्रको नराम्रोसँग विश्वभर थलिएको अवस्था छ । त्यसको असर यहाँ प्रतिष्ठानमा कस्तो पाउनुभएको छ ?
कोभिड–१९ को असर सबै क्षेत्रमा परेको छ । हामीले यही बेला प्रयोगात्मक अभ्यासमा दुबईमा पठाएका ९८ विद्यार्थीलाई उद्धार गरेर ल्याएका थियौं । त्रास थियो, अब यो क्षेत्र के हुन्छ भन्ने रु अब विस्तारै सामान्यकरण हुँदै गएको अवस्था छ । यहाँ अध्ययनरत विद्यार्थीलाई पर्यटन क्षेत्र अब के हुने भन्ने त्रास छैन ।

यहाँको २ सय ४० को कोटा हो, हालै पनि १ हजारभन्दा बढीको आवदेन परेको छ । यसरी हेर्दा हस्पिटालिटी क्षेत्रमा देखिएको क्रेज नै हो । नेपालको आर्थिक विकास पर्यटन क्षेत्र नै भएकाले गर्दा पनि यसप्रतिको आकर्षण बढेर गएको पाइन्छ । यो क्षेत्रको सम्भावना कम भएको यस क्षेत्रबाट पलायन हुने अवस्था छैन । यो पुनः लयमा नै फिर्ता हुँदै गएको छ । पर्यटन आगमन पनि विस्तारै बढेर जाने क्रममा रहेको छ । नेपालमा अद्भूत प्राकृतिक सौन्दर्यता रहेकाले गर्दा नेपालको पर्यटन क्षेत्र र यस क्षेत्रप्रतिको आकर्षण बढ्दो क्रममा छ ।

यहाँबाट उपाधि प्राप्त गरेका विद्यार्थीको कार्य क्षेत्र कहाँ, कसरी तय हुँदै आएको छ ?
यहाँबाट उपाधि पाएको विद्यार्थीले प्रतिष्ठित संघसंस्थामा रोजगारी प्राप्त गरेका छन् । सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानबाट अभ्यस्त भएर यहाँका विद्यार्थीले उपाधि प्राप्त गर्ने हुँदा यहाँका विद्यार्थी पर्यटन क्षेत्रले पहिलो प्राथमिकतामा राख्ने गरेको छ ।

विश्व बजारमा पनि होटल, एयरपोर्ट, ट्राभल कम्पनीहरूमा यहाँका विद्यार्थीले प्रतिष्ठित रोजगारी प्राप्त गर्दै आएका छन् । यसरी हेर्दा यो संस्थाको क्वालिटी दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । हामीले प्रयोगात्मक, गुणस्तरीय, अनुशासित वातावरणमा विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएका छौं । गुणस्तर शिक्षा प्रदान गर्नका लागि हामीले कुनै किसिमको कसर बाँकी नराखी अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउँदै आएका छौं ।

नाथमलाई हस्पिटालिटी क्षेत्रको विश्वविद्यालयका रूपमा विकास गर्ने गरी प्रक्रिया अगाडि बढेको थियो । यो प्रक्रिया कहाँ पुगेको छ ?
तत्कालीन समयमा स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीको कार्यकालमा नेपालमा पर्यटन विश्वविद्यालय चाहिन्छ । सोही अनुसार सबै क्षेत्रको सरोकारवाला निकायको सुझावलाई लिएर विधेयकको मस्यौदा तयार भएर मन्त्रालय तहसम्म पुगेको थियो । पछि मन्त्रिपरिषद्मा पुगेर विश्वविद्यालय हेर्ने शिक्षा मन्त्रालय भएकाले गर्दा रायका लागि फिर्ता भयो ।

त्यसपछि हस्पिटालिटी विश्वविद्यालय बनाउने एजेन्डा अगाडि बढ्न सकेको छैन । यसरी विश्वविद्यालयका रूपमा प्राथमिकता नपाएपछि विश्वविद्यालय तहकै काम गर्ने गरी प्रतिष्ठानकै मोडेलमा जाने तय भयो र यसको पनि ऐन तयार भएर मन्त्रालयमा पुगेको अवस्था छ । विश्वविद्यालय हुनका लागि चाहिने पूर्वाधारको तयारी भने थालिएको छ ।

कक्षा कोठामा चाहिने आधारभूत सामग्री, फ्याकल्टी डेभलपमेन्टको विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँगको सहकार्य अगाडि बढाएका छौं । यो वर्षदेखि सहकर्मीका लागि प्रत्येक वर्ष एमफिलको ३ लाख र पीएचडीका लागि ५ लाख रुपैयाँ स्कलरसिप प्रदान गर्ने निर्णय गरेका छौं । विश्वविद्यालयका रूपमा विकास गर्ने गरी मास्टर प्लान बनाउन बोर्डबाट स्वीकृत गरेका छौं ।

पर्यटन क्षेत्रलाई नै आधार बनाएर काम गरिरहेका परिवारका सदस्यको आकर्षण छ कि अन्य वर्ग, क्षेत्र र समुदायको पनि उत्तिकै आकर्षण छ ?
हामीले यसरी वर्ग समुदाय नै छुट्याएर डाटाबेस बनाएका छैनौं, तर चाँडै नेपाली कुजिङको डेटा बेस बनाउँदै छौं । फेमिली बिजनेस गर्ने अभिभावकहरूले आफ्नो बच्चालाई यो क्षेत्रमा पढ्न पठाउनुभएको छ भने पर्यटकीय सम्भावना भएका क्षेत्रका विद्यार्थीहरूको आकर्षण बढिरहेको छ । पर्यटन क्षेत्रलाई नै आधार बनाएर विभिन्न व्यापार व्यवसाय गर्दै आउनुभएका परिवारका सदस्यहरूले नै यो क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन गरेको देखिन्छ ।

हाल कति विद्यार्थी यहाँ अध्ययनरत छन् ?  कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
यहाँ ब्याचलर तहको दुई शैक्षिक कार्यक्रम रहेको छ । बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) मा ६ कक्षा गरेर २ सय ४०, बीटीटीएम (ब्याचलर अफ ट्राभल एन्ड टुर म्यानेजमेन्ट) को ४ कक्षा गरेर १ सय ६०, मास्टर्स अफ हस्पिटालिटी म्यानेजमेन्ट गरी प्रत्येक वर्ष नयाँ थप साढे ४० सय विद्यार्थी भर्ना हुन्छ । करिब २ सय जनशक्तिले कुल १ हजार ६ सय विद्यार्थीलाई अध्यापन गराउँदै आउनुभएको छ ।

कार्यकाल तीन वर्षको बाँकी छ । आगामी दिनमा संस्थाको सुधारका लागि के–कस्तो भावी कार्ययोजना तयार पारेर अगाडि बढ्ने योजना बनाउनुभएको छ ?
नाथमको बजारमा स्थापितको ब्रान्ड ९साख० लाई जोगाइराख्ने र अझ बढाउने योजना अगाडि सारेका छौं, सोहीअनुसार काम गर्नेछौं । तालिम सीपमा कार्यक्रमलाई सबै स्थानीय प्रदेश सबैको पहुँचमा पु¥याउनुपर्छ भन्ने योजनासहित काम गर्दैंछौं, जसले स्थानीय तहमा रोजगार स्थापना गर्न सकोस् भन्ने हाम्रो लक्ष्य हो ।

७७ जिल्ला ७ सय ५३ स्थानीय तह, ग्रामीण तहसम्म नेप्लिज कुजिङको डेटा बेस तयार गर्नलाई हामीले यो वर्ष अनुसन्धानको काम अगाडि बढाउँदै छौं । जस्तो थारु समुुदायको टिपिकल खानेकुरा केके हो । यसरी सबै समुदायको डाटा बेस भिडियोग्राफी बनाएर संग्रहित गर्ने योजना बनाएका छौं ।

यसरी अनुसन्धान गरेर तयार पारेको डाटाबेसबाट फुड बैंक तथा फुड म्युजियम बनाउन सहयोग पुग्नेछ । जहाँ हिमाल, पहाड, तराईसम्मको सबै जातजातिको मौलिक खानेकुराको संग्रहित गर्ने योजनासहित काम गरिरहेका छौं । बर्दिबास, बिर्तामोड र नेपालगन्जमा शाखा विस्तार गरेका छौं । त्यहाँबाट हामीले स्थानीय तहमा ब्याचलर तहको शैक्षिक कार्यक्रम र विभिन्न पर्यटन क्षेत्रका लागि उपयोगी हुने सीपमूलक तालिम उपलब्ध गराउने योजनाअनुरूप काम गरिरहेका छौं ।

पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिनुपर्छ । सोहीअनुसार शाखा कार्यालयहरूमा केन्द्रको मास्टर प्लानअनुसार एकै प्रकृतिको छुट्टै कक्षाकोठा, होटल, भान्साघर, आईटी ल्याब, पुस्तकालयलगायतका संरचनाहरू परम्परागत मौलिक संस्कृति झल्किने पूर्वाधार बनाउनका लागि डिजाइन बनाएर अगाडि बढाएका छौं ।

यसरी यो वर्ष रणनीतिक कार्ययोजना र मास्टर प्लान बनाउने योजना अगाडि सारेका छौं । अबको ५० वर्षपछि नाथमको गन्तव्य के, भिजन, मिसन, रणनीतिक कार्ययोजना के हुने भनेर सरोकारवाला निकायसँगको छलफलपछि योजना बनाउँदै छौं । हस्पिटालिटी अध्ययनका लागि सार्क, बिमस्टेकका विद्यार्थीलाई नेपालमा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने । यसअन्तर्गत सम्भाव्यता अध्ययन र पूर्वाधार विकासको काम गर्न बोर्डले स्वीकृत प्रदान गरी हामीले काम गर्दैछौं ।

विकास साझेदार संघसंस्थाहरूसँगको सम्बन्धलाई विस्तार गरी सफ्टवेयर र हार्डवेयरमा काम गर्दैछौं । विश्व विद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गर्न, आईएसओ स्ट्यान्डर्ड प्राप्त हुने आधार र पूर्वाधार तयार गर्ने ।

समग्रमा पर्यटन हस्पिटालिटी क्षेत्रको पायोनियर संस्थाका रूपमा पाँचतारे सरहको एकेडेमिक संस्थाका रूपमा नाथमलाई स्थापित गर्नका लागि हामी लागिपरेका छौं ।

प्रतिष्ठानले बजारको मागलाई मध्यनजर गर्दै शैक्षिक कार्यक्रमको अलवा अन्य कुन–कुन कार्यक्रम सञ्चालन गरिरहेको छ ?
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान वि।सं २०२९ चैत १३ मा स्थापना भएको संस्था हो । तत्कालीन समयमा पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्तिका लागि तालिम तथा सीप प्रदान गर्दै आएको भए पनि समय क्रमसँगै बजारको मागका आधारमा विभिन्न अतिरिक्त तालिम पनि प्रदान गर्दै आएका छौं ।

टुरिस गाइड, कुक, हिमाल आरोहणका लागि सम्पर्क अधिकृत, होटल क्षेत्रका लागि आधारभूत तालिम, फुड प्रिपिरेसन एन्ड कन्ट्रोल, सर्भिस, हाउस किपिङ, फन्ट अफिसर अपरेसन, ट्रेकिङ गाइड, टिकेटिङ, ट्रेकिङ प्रोटल विभिन्न पर्यटन तथा हस्पिटालिटि क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न साढे २ दर्जन बढी तालिम दिँदै आएका छौं । साथै माग भइआएका साधनस्रोतले धान्ने तालिम पनि प्रदान गर्ने गरेका छौं । कारोबार दैनिकबाट

प्रतिक्रिया : थप