GB Koirala Banner Ad New

जेठ २३ गते नाडेप लघुवित्त वित्तीय संस्थाको स्थगित वार्षिक साधारण सभा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको यसअघि स्थगित वार्षिक साधारण सभा अब जेठ २३ गते आइतबार बस्ने भएको छ । यसअघि जेठ ७ गते बस्ने भनिएको वार्षिक साधारण सभा विशेष कारणबस रद्द गरिएको जानाएको थियो ।

कम्पनीले पुनः साधारण सभा सम्बन्धी सूचना जारी गरेको छ । सभामा डिप्रोक्स लघुवित्तमा विलय हुने सम्बन्धी भएका सबै कार्यहरुलाई अनुमोदन गर्ने तथा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र संशोधन गर्नुपनेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुनेछ ।

यसअघि जारी गरेको साधारण सभा सम्बन्धी सूचनामा भने नाडेपले हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव राखेको थियो । तर पछिल्लो पटक सार्वजनिक भएको सूचनामा भने उक्त प्रस्ताव हटाएको छ । सभा रानीबन पार्टी ल्यालेस नागार्जुन काठमाडौंमा बस्ने सूचनामा उल्लेख छ ।

तर यसबीचमा पनि लक डाउन लम्बिएकाले कम्पनीले अर्को सूचना सार्वजनिक गर्छ वा गर्दैन भन्ने पनि चासो उत्तिकै छ । किन भने अहिलेको अवस्थामा पार्टी प्यालेसमा सभा गर्न पाईंदैन । यसमा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिनेछ । लाभांश वितरण सम्बन्धी एजेन्डा भने छैन ।

यता, डिप्रोक्स र नाडेप लघुवित्तबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । एक्विजिसन प्रक्रियामा रहेकाले गत पुस १७ गतेदेखि नाडेपको सेयर कारोबार बन्द छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपले ४६ जिल्लामा ७८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । हाल नाडेपको चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको छ ।