GB Koirala Banner Ad New

गुराँस लघुवित्तले नाफा बढायो

काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा  २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ५१४.७६% ले धेरै हो ।

अघिल्लो वर्ष कम्पनीले ३५ लाख ८९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यस लघुवित्तको खुद ब्याज आम्दानी ६९.६२% र सञ्चालन नाफा ५००% ले बढेपछि नाफा ह्वात्तै बढेको हो ।

असारसम्म २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको गुराँसले १ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले प्रतिसेयर आम्दानी २२ रुपैयाँ १६ पैसाले बढाएर २६ रुपैयाँ ४६ पैसा पुर्याएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४७ रुपैयाँ ५५ पैसा छ ।