९ कार्तिक २०७८, मंगलवार

आज साउन २७ गतेदेखि मानुषी लघुवित्तको आइपीओ खुल्यो

डिप्लोम्याट खबर
२७ श्रावण २०७८, बुधबार ०७:३९

काठमाडौं । आज साउन २७ गते बुधबारदेखि मानुषी लघुवित्तले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजीको ३६ प्रतिशत अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो ।

मानुषीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५५ अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ
क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले मानुषीको आइपीओलाई ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ । केयरले गत चैत ३ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी चैत ३ गतेसम्म कायम रहनेछ ।

प्रतिक्रिया : थप