GB Koirala Banner Ad New

मानुषी लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन् ।

जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन् । मानुषीको आइपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।

रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।