९ कार्तिक २०७८, मंगलवार

३५ हजार कित्ता डिप्रोक्स लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

डिप्लोम्याट खबर
२८ भाद्र २०७८, सोमबार ०७:२७

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर लिलामीमा ल्याएको हो ।

शेयरको न्युनतम प्रतिकित्ता ६८५ रुपैयाँ तोकिएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त आवेदन सोमवार ४ बजे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा खोलिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया : थप