GB Koirala Banner Ad New

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सोमबारदेखि हस्तकला कोसेली मेला सुरु भएको छ । मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गकी धर्मपत्नी सावित्री गुरुङ्गले सयुक्तरुपमा गर्नुभयो ।

महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला कोशेली मेला आयोजना गरेको हो । हस्तकला बर्षको कार्यक्रम र उद्योग परिषद अन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनीपछि नयाँ ठिमी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने मेला संयोजक संयोजक बिक्रम सिंह महर्जनले जानकारी दिनुभयो ।

संयोजक महर्जनका अनुसार मेला नक्सालमा १० गतेसम्म संचालन हुनेछ भने ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

हस्तकला मेलामा छालाजन्य सामाग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, टाँक, सेरामिक, कपडालगायतका स्टल रहेका छन् । मेलाको वैकिङ पार्टनर सानिमा बैंक तथा प्रवद्र्धकमा ग्यालरी टिव्वेट हाउस रहेको छन् ।

भाटभटेनीसँगको सयुक्त आयोजनामा भएको मेला कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाली हस्तकला भाटभटेनी सुपरमार्केटले पनि निकट भविष्यमा नै बिक्री बितरण गर्ने भएको छ । सो अवसरमा नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य र वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्य, प्रवक्ता सनम शाक्य, हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्य लगायतको उपस्थिति रहेको थियो ।