GB Koirala Banner Ad New

कांग्रेसका जिल्ला सभापति भेला सम्पन्न

काठमाडौं । काठमाण्डौ महानगरपालिका– २६ स्थित ठमेलको होटल बुड्डीमा साउन २५ र २६ गते नेपाली कांग्रेसका संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका जिल्ला सभापतिहरु र केन्द्रिय सदस्यहरुको भेला सम्पन्न भएको छ।

भेलामा ३९ जिल्ला सभापति उपस्थित भएका र ११ जिल्ला सभापति जुम मिटिङमा जोडिएको आयोजकको दावी छ। भेलामा आसन्न १४ ओैं महाधिबेशनका विषयमा केन्द्रित भएर महाधिवेशन निर्धारित समयमै गर्न नेतृत्वलाई दवाव दिने निर्णय गरि सम्पन्न भएको छ ।

भेलामा महाधिवेशन के–कसरी कुन ढंगबाट निर्धारित समयमा गर्न सकिन्छ भन्ने बारे छलफल भएको बताइएको छ । आजको भेला बिहान १०:०० बजे बाट सुरु भएर  ५: १५ बजे समाप्त भएको थियो ।
सो छ्लफलमा उपस्थित जिल्ला सभापतिहरू निम्न बमोजिम रहेका थिए ।
१. काठमाडौका सभापति :– कृष्ण सबुज बानियाँ
२. नुवाकोटका :– सभापति जगदिशनरसिंह केसी
३. काभ्रेका :– सभापति मधु आचार्य
४. ताप्लेजुङका :– सभापति लिला बख्खिम
५. नवलपरासी पश्चिमका :– सभापति  अर्जुन पोख्रेल
६. सिन्धुलीका सभापति :–  उज्वल बराल
७. सिन्धुपाल्चोकका :– सभापति ( बिकास लामा
८. रोल्पाका सभापति :– अमर पुन
९. सुनसरीका सभापति :– राजिब कोईराला
१०. मोरङका सभापति :– डिक बहादुर लिम्बू
११. ईलामका सभापतिस् :– हिमाल कर्माचार्य ,
१२. चितवनका सभापति :– जित नारायण श्रेष्ठ ,
१३. डडेल्धुराका सभापति :– कर्ण बहादुर मल्ल
१४. सल्यानका सभापति :– गणेश चन्द ,
१५. खोटाङका सभापति :–नरेश श्रेष्ठ ,
१६. बाँकेका सभापति :– किरण कोइराला ,
१७. पाँचथरका सभापति :–नरेन्द्र कुमार केरूङ ,
१८. प्यूठानका सभापति :– अमर प्रसाद भण्डारी ,
१९. कालिकोटका सभापति :– हर्ष बहादुर बम ,
२०. तनहुका सभापति :– बैकुण्ठ न्यौपाने
२१. तनहुँका सभापति :– कार्यबाहक जित प्रकाश आले
२२. बर्दियाका सभापति :– संजय गौतम ,
२३. धादिङका सभापति :– रमेश धमला ,
२४. मुगुका सभापति :– खडक बहादुर शाही ,
२५. अर्घाखाँचीका सभापति :– बिष्णु मुस्कान ,
२६. संखुवासभाका सभापति :– दिपेन कुमार श्रेष्ठ ,
२७. नवलपुरका सभापति :– बिष्णु लामिछाने
२८. जाजरकोटका सभापति :– दिपक जंग शाह
२९. कास्कीका सभापति :–कृष्ण केसी ,
३०. सोलुखुम्बुका सभापति:– बिनोद बस्नेत
३१. डोल्पाका सभापति :–अगत कुमार बुढा ,
३२. कपिलवस्तुका सभापति :– सुरेन्द्र राज आचार्य
३३. रुपन्देहीका सभापति :–अष्ट पाठक
३४. रामेछापका सभापति स्( लब श्री न्यौपाने
३५. सुर्खेतका सभापति :–कमल रेग्मि
३६.  दार्चुलाका सभापति :– ललित सिंह बोहरा
३७. बैतडीका सभापति :– चतुर बहादुर चन्द
३८. तेहथुमका सभापति :– गोबिन्द ढुङ्गाना
३९. दैलेखका सभापति :– कृष्ण बि सी

यो भेला बैठकमा ११ जना जुम बैठकमा जोडिएको दावी गरिएका जिल्ला सभापतिहरू निम्न रहेका छन।
१. भोजपुर सभापति :– नन्दमणी राई
२.  झापा सभापति :– उद्दब थापा
३.  उदयपुर सभापति :– बिदुर बस्नेत
४. लमजुङ सभापति :– भेषराज पौडेल
५. पाल्पा सभापति :– वीर बहादुर राना
६. गुल्मी सभापति :– भुबन श्रेष्ठ
७.  दैलेख सभापति :– कृष्ण कुमार बि सि
८.  पर्सा सभापति :– अजय चतुरबेदी
९. रुकुम पुर्ब सभापति :– केशरमान रोका
१०.  रुकुम पश्चिम सभापति :– प्रेम प्रकाश वली
११. जुम्ला सभापति :– दिप बहादुर शाही

त्यस छ्लफलमा केन्द्रिय सदस्यहरु वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा.शशांक कोइराला , डा.शेखर कोइराला , सुजाता कोइराला ,  अर्जुन नरसिंह केसी , डा.रामशरण महत , दिलेन्द्र प्रसाद बडु , प्रकाशमान सिंह, डा. चन्द्र भण्डारी , सिता देवी यादव , बल बहादुर केसी , गुरुराज घिमिरे, गगन थापा, डा.मिनेन्द्र रिजाल लगायत उपस्थित रहेका थिए । भेला बैठक साउन २५ र २६ गते दुई दिन सञ्चालन भएको थियो।