९ कार्तिक २०७८, मंगलवार

स्पेनिस ला लिगा : रियल र लेभान्टे बराबरीमा रोकिँदा एथ्लेटिको मड्रिड विजयी

डिप्लोम्याट खबर
७ भाद्र २०७८, सोमबार ०७:२२

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिड र लेभान्टे बराबरीमा रोकिएका छन् । गएराति भएको खेलमा रियल मड्रिड र लेभान्टेले ३–३ गोलको बराबरी खेलेका हुन् । खेलमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो ।

खेलको ८७ औं मिनेटमा काउन्टर अट्याकमा नाचो फर्नान्डेसलाई पेनाल्टी बक्सबाहिर आएर फल गरेपछि लेभान्टेका गोलरक्षक एइटर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि त्यसको फाइदा रियलले उठाउन सकेन । बराबरीसँगै रियल चार अङ्क जोडेर दोस्रो स्थानमा छ भने लेभान्टे आठौँ स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले इल्चेलाई १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ६ अङ्क जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ । त्यसैगरी राति नै भएको खेलमा रियल सोसिडाडले रायो भालेकानेलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया : थप