९ कार्तिक २०७८, मंगलवार

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी : सलाहको एक सय गोल पूरा

डिप्लोम्याट खबर
२८ भाद्र २०७८, सोमबार ०७:३५

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित लिड्स युनाइटेडलाई पराजित गरेको हो । लिभरपुलका लागि मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एकरएक गोल गरे । सलाहले प्रिमियर लिगमा एक सय गोल पूरा गरेका छन् ।

जितसँगै ४ खेलमा १० अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने लिड्स युनाइटेड २ अङ्क जोडेर १७ औं स्थानमा छ ।

प्रतिक्रिया : थप