GB Koirala Banner Ad New

प्रचण्ड–माधवको चङगुलमा देउवा

–ज्ञानप्रसाद ढुंगाना

पछिल्लो चरणमा राष्ट्रिय राजनीति पेचिलो बन्दै गइरहेको छ। कांग्रेस सभापति शेर बहादुर देउवा,एमाले नेता माधव नेपाल र प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवको चगुलमा पर्दै गएका छन। यस गठवन्धनका नेता तथा अगुवा नेपाली कांग्रेसका सभापति देउवा सन्त नेता किसुनजीका आदर्शबाट प्रभावित नेता हुन् ।

त्यस्तै माधव नेपाल र प्रचण्ड कान्ति नायक गिरिजा प्रसाद कोइरालाबाट प्रभावित नेता हुन रु प्रश्न गंभिर छ । झट्ट हेर्दा देउवा सोझा देखिएता पनि उनी राजनीतिका चतुर र सापेक्षिक रुपमा कांग्रेस भित्र दुरदर्शी नेताका रुपमा परिचित छन । त्यसैको परिणति हुन सक्छ देउवाले प्रचण्ड र माधवलाई घोडा बनाएर सत्तारोहणको पूर्वभ्यास गर्ने प्रस्ताव आएको देखिन्छ । माधव– प्रचण्डले पनि चतुर देउवालाई प्रय‍ोग गरि ओली विरुद्धको आफ्नो अभिष्ट चुम्ने प्रपञ्च देख्दा दुवैको तर मार्ने दाउ सतहमा छर्लङ्ग छ ।

विशेष गरेर अन्तराष्ट्रिय शक्ति केन्द्र यूरोप ,अमेरिका,भारतको एक हिस्सासँग राम्रो भरपर्द‍ो विस्वासीलो सम्वन्ध बनाउनु भएका देउवा कांग्रेस भित्रको विसंगति विरुद्ध निरन्तर लडेर पार्टी सभापतिमा निर्वाचित नेताको रुपमा स्थापित हुनुहुन्छ । देउवाले विगतमा पार्टी भित्र जरा गाडेको कोइराला परिवारको सर्वसत्तावाद सँग लडेर सभापति जस्तो गरिमामय पदमा पुग्न सफल भई विवेक र धैर्यता कस्तो हुन्छ भन्ने सन्देश दिन सक्षम भएका छन् । हामी वामपन्थीहरुले पनि विवेक र धैर्यताकासाथ मूल नेतृत्वमा कसरी पुग्न सकिदो रहेछ भन्ने कुरा देउवाबाट पनि शिक्षा लिन नसकिने होइन ।

देउवाको आफ्नै इतिहास तथा विगत र वर्तमान छ । उनको विगत प्रसंसनीयको साथ साथै कतिपय सवालमा आलोचित पनि छ । देउवा प्रधानमन्त्री हुँदा कांग्रेस भित्रको कोइराला समूहबाट भोगेको असहयोग तथा दाउपेचको राजनीतिको भुक्तभोगी हुन । उहाँले भ‍ोगेको उतार चढाव इतिहासको समीक्षाको विषय बनेको छ ।

२०६३ पछिको संक्रमणकालिन राजनीतिमा देउवाले आफ्नो ठाउँ स्थायित्वको सवालमा भूमिका नखेलेका होईनन । तथापी राजनीति सम्हालिन २०७२ असोज ३ संविधान २०७२ को प्रस्तावना सम्म आईपुग्नु परो । संविधानले मार्गदेश गरेको आम निर्वाचन २०७४ ले राष्ट्रिय राजनीतिमा फेरवदल ल्यायो ।

वामपन्थीहरुको बहुमतको सरकार बन्ने अवस्था आयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम सरकार बन्यो । त्यस निर्वाचनले कांग्रेसलाई प्रतिपक्षमा राखि राष्ट्रिय राजनीतिमा कांग्रेस भद्र प्रतिपक्षको भूमिकामा रहन पुग्यो । यो जनताको म्यान्डेट पनि हो । यस भूमिकालाई नेतृत्व गरेका सभापति देउवाले सरकारको रचनात्मक आलोचना गरि प्रतिपक्षीय भूमिका कुशलतापूर्वक निर्वाह गरेकोमा शंका छैन ।

जनताको म्यान्डेटलाई शिरोधार्य गर्दै आफ्नो धर्म निर्वाह गरिरहेका बखत हुन गएको राष्ट्रिय राजनीतिको उतार चढाव वहस य‍ोग्य छ । २०७७ भर नेकपा (नेकपा) मा चलेको अन्तर्विरोध मित्रतापूर्ण हुन सकेनन । माधव ,प्रचण्ड एकातिर र ओली ,बादल अर्को तर्फ रहेर पार्टी भित्र वहस चले । वहस चलेकै बखत २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गर्नु पर्ने बाध्यात्मक अवस्था आयो । अफसोच २०७७ फागुन ११ मा विघटित प्रतिनिधि सभा सर्वोच्च अदालतको फैसलाबाट पुन स्थार्पित भयो ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतमा विचाराधिन नेकपा नामबारे विवादको मुद्दामा फैसला आयो र नेकपा (नेकपा)  ऋषि कट्टेल नेतृत्वको पार्टीको दावी पुग्ने ठहर सहित (माओवादी केन्द्र) र एमाले पुर्ववत अवस्थामा फर्किए । यस घटनाले नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ क‍ोर्षमा ढालिदियो र केपी शर्मा ओलीलाई थप बलियो बनायो । यसरी (माओवादी केन्द्र) र एमाले ब्युतिएको घटना प्रचण्ड , माधव , झलनाथ खनाल समूहलाई मन परेको थिएन ।

एमाले ब्युतिएपछि माधव समूह ठूलो अप्ठेरोमा परेको सबैले बुझ्न सकिन्छ । ओलीले सिङ्गो एमाले केन्द्रीय सदस्यलाई आयोजक समितिमा बदलेर महाधिवेसनमा जाने निर्णय गरि एमालेलाई नयाँ जीवन दिने घोषणा गर्नु भयो । जसबाट माधव समूह झन अत्तालिन पुग्यो र भाँडभैलो सिर्जना गर्न थाल्यो ।

पार्टी हितलाई ध्यानमा राखेर एमालेले माधव समूहका ४ जनालाई पार्टीबाट निष्कासन गरि पार्टी हितमा काम गर्न पुग्यो । यसरी वढ्दै गएको तिक्तता पछि कार्यदल बनाएर हल गर्ने सम्म आइपुग्यो र राष्ट्रिय सभाको उप निर्वाचनमा फेरि माधव समुहले अन्तरघात गरेर एमाले उम्मेदवार बादललाई हराउन पुगे पछि पार्टी नयाँ निष्कर्षमा पुग्यो र पुन माधव समूहका अन्तरघातीहरुलाई कार्वाही गर्न वाध्य भयो । त्यस लगत्तै प्रधानमन्त्रीले विस्वासको मत नलिई मार्ग प्रसस्त गर्ने बाटो अख्तियार गर्दा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली विरुद्ध देउवा , प्रचण्ड समूहसँग मिलेर षडयन्त्रका ताना बाना बुन्ने ध्याउन्नमा माधव समूह लाग्यो ।

इतिहास तर्फ फर्किएर मूल्याङ्कन गर्दा देउवा प्रतिनिधि सभा विघटन र घोषणा भएको निर्वाचनको विपक्षमा थिए । तथापी २०७८ वैशाखपछि देउवामा एकाएक जागेको सत्तामोह वहसको विषय बनेको छ । पक्कै पनि शक्ति राष्ट्रको ग्रिन सिंगलविना देउवा अघि बढेका छैनन् । हुन त राजनीतिक प्राणीमा सत्ता मोह जाग्नु अनौठो कुरा होइन ।

तर जनताको म्यान्डेट प्रतिपक्षमा बस्ने हुँदा हुँदै पनि एमाले भित्रको घर झगडाबाट उत्पन्न विषम परिस्थितिलाई अवसरको रुपमा छोपेर देउवा जत्तिको नेतामा सत्ता मोह जाग्नु संस्कारिक राजनीति मानिदैन । देउवामा यस्त‍ो मोह जगाउनमा एमाले भित्र हुर्किएको गलत प्रवृतिका हिमायति माधव समूहले देखाएको अनुशासनहिन अराजनीतिक चरित्रले काम गरेको छ ।

ओली सिध्याउने रणनीतिमा साम ,दाम ,दण्ड ,भेद सबै नीति अख्तियार गरेका माधव समूहको जालमा देउवा पर्नु निसन्देह राम्रो कुरा होइन । देउवाको ढाडमा टेकेर केपी शर्मा ओलीलाई प्रहार गर्ने प्रचण्ड ,माधव रणनीतिले प्रचण्ड ,माधव सफल हुदैनन।